अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र अर्थमन्त्रीको जिल्लामा मात्र बढी बजेट गएको भन्ने गुनासो सही नभएको बताएका छन् ।
प्रतिनिधिसभामा आर्थिक बर्ष २०८०/८१ को अनुमानित आय व्ययमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले बजेट वितरण र बाँडफाँडमा कुनै पक्षपात नभएको प्रष्ट पारेका हुन् ।
उनले भने, ‘सबैको चासो चिन्ता के छ भने प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री र अर्थमन्त्रीको जिल्लामा मात्र सारा बजेट गयो की भन्ने छ । हुँदा हुँदै ४० प्रतिशत नै बजेट गयो कि भन्ने छ । त्यस कुरामा कुनै सत्यता छैन् । त्यो चाही समग्र किताव र बजेट हेरेपछि थाहा हुन्छ । जस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पुँजीगत तर्फ १२३ अर्व विनियोजन गरेकोमा ३ वटा जिल्लामा छुट्टयाएको रकम नगण्य नै छ । त्यस्तो हाेइन ।’
त्यस्तै, अर्थमन्त्री महतले अर्थमन्त्री ‘नो म्यान’ नै हुनुपर्ने बताएका छन् । ‘साधन र स्रोत नहेरी उत्साहित भएर जे पनि गर्न थाल्यौँ भने हामी थेग्न सक्दैनौँ । एस एस भन्ने कुरा अरूलाई सुट गरे पनि अर्थमन्त्रीलाई गर्दैन ।’ उनले भने ।





























प्रतिक्रिया