सरकारले ल्याएको बजेटले नेपालीको थाप्लो थप ५ खर्ब ऋण थप्योः पदम गिरी

सरकारले ल्याएको बजेटले नेपालीको थाप्लो थप ५ खर्ब ऋण थप्योः पदम गिरी

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारले ल्याएको बजेटले नेपालीले थाप्लोमा ५ खर्ब ऋण अझै थपेको बताएका छन् । 

सोमबार प्रतिनिधिसभामा बजेटमाथि उठेको प्रश्नबारे अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिएपछि प्रमुख सचेतक गिरीले यस्तो भनाइ राखेका हुन् । उनले ऋण सबै जनताले व्यहोर्नु पर्ने तर विकास भने प्रधानमन्त्री र अर्थमन्त्रीको निर्वाचन क्षेत्रमा मात्र जाने भन्दै प्रश्न गरे ।  

उनले भने, ‘नेपाली जनाताको टाउकोमा २१ खर्ब क्रृणको भारि छ छँदै थियो अहिलेको बजेटले अर्को ५ खर्व अझै थपेको छ । क्रृणको भारि चाहींँ सबै नेपाली जनताको टाउकोमा थोपर्नु पर्ने विकास चाहीँ प्रधानमन्त्री, अर्थमन्त्री र सत्तारुढ दलका ठूला नेताको निर्वाचन क्षेत्रमा खर्च गर्नु पर्ने । यो विभेदकारी भयो असन्तुलित छ । नेपाली जनताले यो क्रृण बोक्न तयार छैनन्। बजेट संसदले सिफारिस गर्न पाउँदैन् । विचौलियाले गरेका छन् ।’

Logo