एक साताका लागि देउवा सिंगापुर जाँदै

एक साताका लागि देउवा सिंगापुर जाँदै

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एक साताका लागि सिंगापुर जाँदैछन् । नियमित स्वास्थ्य परीक्षणका लागि राति ११ बजे उनी सिंगापुरका लागि प्रस्थान गर्ने तय भएको उनको सचिवालयले जनाएको छ ।

पेटसम्बन्धी समस्याको उनले सिंगापुरमा उपचार गर्दै आइरहेको र त्यसैको फलोअपका लागि त्यहाँ जान लागेको उनको सचिवालयले जनाएको छ ।

कांग्रेस सभापति समेत रहेका पूर्वप्रधानमन्त्रीको देउवाको साथमा उनकी पत्नी आरजू राणा देउवा पनि सिंगापुर जाने तयारी छ ।

Logo