बाल सेना दुरुपयोगलगायत आरोपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाइ हुँदैछ। पूर्व अयोग्य लडाकु लेलिन बिष्टसहितले दायर गरेको रिटमाथि आज सुनुवाइ हुन लागेको हो।
जनयुद्धको समयमा बाल सैनिक प्रयोग गरिएको कारण तत्कालीन नेकपा माओवादीको नेतृत्वलाई कारबाहीको माग गर्दै दायर रिट न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ। पूर्व बाल सैनिक लेनिन विष्टले दायर गरेको रिट मंगलबारको इजलासमा राखिएको थियो।
तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल सहितका नेतृत्वमाथि बाल सैनिकको प्रयोगसम्बन्धी रिट दर्ता गर्न सर्वोच्च अदालतले शुक्रबार सर्वोच्च अदालत प्रशासनको नाममा आदेश दिएको थियो ।





























प्रतिक्रिया