नेकपा एमालेको संसदीय दलका उपनेता सुवास चन्द्र नेम्वाङले शान्ति प्रक्रियाको बाँकी रहेको अलिकति काम सकिहाल्नु पर्ने बताएका छन् ।
मंगलबार बसेको कानून न्याय तथा मानवअधिकार समिति अन्तर्गत उपसमितिको बैठकमा उपनेता नेम्वाङले अन्तर्राष्ट्रिय प्रतिवद्धताहरुलाई पनि ध्यान दिएर शान्ति प्रक्रियाको बाँकी कामलाई पूरा गरिहाल्नु पर्ने बताएका हुन् ।
उनले भने, ‘हामी यसमा पक्ष विपक्ष भनेर हुँदैन् । एसमा एकजुट छौं । यता उता हल्लाउन दिएका छैनौं । हामी हल्लाउन दिँदैनौं । र,म आग्रह गर्न चाहन्छु यो परिस्थितिलाई ठ्याक्क समाएर धेरै समय नलिऔंं यो ठीक कुरा हो । शान्ति प्रकृयाको अलिकति बाँकी रहेको कामलाई पूरा गरौं । हामी यहि शान्ति प्रकृयाको अंग हौं । सेना समायोजन ग¥यौं । खालि अलिकति काम छ । हामी सबै एक ढिक्का भएर लागेका छौं । त्यसैले यो भन्न सक्ने अवस्थामा छौं । हामी सलाई निष्कर्षमा पु-याउछौं ।’
उपनेता नेम्वाङले सत्य निरुपण तथा मेलमिलाप आयोगको काम गर्दा ध्यान दिनुपर्ने पक्ष धेरै भएपनि यसलाई पूर्णता दिन आफूहरु सबै एकै ठाउँमा उभिएको बताए । उनले भने, ‘हामी परिमार्जन गर्न भनेर लागेका छौं । हामीले पटक पटक भनेका छौं । यो कुरामा हामी सबै दलहरु नयाँ, पुराना सबै एक ठाउँमा झुम्मिएका छौं । मुख्यत हाम्रा अन्तराष्ट्रिय प्रतिबद्धताहरु छन् । त्यसलाई ध्यान राख्नुपर्छ । सर्वाेच्च अदालतको फैसलालाई ध्यानमा राख्नुपर्छ । र अर्को मुख्य कुरा पीडित पक्षको कुरालाई ध्यानमा राख्नुपर्छ । यो कुरालाई हामीले ध्यानमा राखेका छौ । यति कुराहरुलाई समेटेर सकेसम्म अहिलेको, पुरानो जुन ऐन छ , यसलाई परिमार्जन गरौं भनेर हामी लागेका छौं । अरु बेला धुमधाम दशतिरको राजनीति दलको कुरा गर्ने नेताहरुलाई एउटा मञ्चमा बोलाउनुहोस् । हामी माथि झगडा गर्छौ, लापा खेल्छौं भन्ने जुन आरोप छ, तर यो विषयमा हामी एउटै भाषा बोल्र्छौं । यो तपाईहरुको हाम्रो सबैको परिणामको प्रयास हो ।’































प्रतिक्रिया