राष्ट्रि स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले स्वास्थ्य क्षेत्रको दरबन्दी बढाउने योजना अहिलेको सरकारको निति कार्यक्रममा नपारेको बताएकी छन् ।
बुधवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसद कार्कीले अर्थतन्त्र खसिएको अवस्थामा भवन निमार्णतिर हैन जनशक्ति निमार्णतर्फ ध्यान दिनुपर्ने बताएकी हुन् ।
‘मन्त्रालयसंग मुस्किलले १२ सय देखि १४ सय मात्र डाक्टरहरु हुनुहुन्छ । सरकारी स्वास्थ्य संस्थाहरु १० हजार भन्दा माथि छ तर १२ सय मात्र डाक्टरहरु छन् । तर पनि दरबन्दि बढाउने योजना अहिलेको सरकारको निति कार्यक्रममा पनि परेन । यो बजेट विनियोजन भएर आएको कार्यक्रममा पनि परेन । हामीले हरेक आधारभूत पालिकामा एउटा आधारभुत अस्पताल बनाउँछौं । ५, १०, १५ विधेक गरेर अस्पताल बनाउँछौं भने पछि त्यो अस्पताल चलाउने चाहीँ कसले ? अस्पताल चलाउने जनशक्ति नै निमार्ण गदैनौं भने अस्पताल नबनाउ ? बनिसकेका अस्पताल, स्वास्थ्य चौकीहरु, आधारभुत स्वास्थ्य केन्द्रहरु छन् । त्यसमा जनशक्ति थपौं । यसपल्ट अर्थतन्त्र खस्किएको अवस्थामा हामीले भवन निमार्णतिर हैन, जनशक्ति निमार्ण र जनशक्तिलाई हामीले देशभित्रै कसरी अटाएर राख्न सक्छौं भन्नेतिर चाहीँ फोकस हुनुपर्छ ।’
सांसद कार्कीले हामीले हरेक आधारभुत पालिकामा ५, १०, १५ विधेक गरेर एउटा आधारभुत अस्पताल बनाउछौं तर त्यो अस्पताल चलाउने चाहीँ कसले ? अस्पताल चलाउने जनशक्ति नै निमार्ण गदैनौं भने अस्पताल नबनाउन आग्रह समेत गरिन् । अहिले दक्षिण एसियामा सबैभन्दा धेरै आत्महत्या हुने देशमा नेपाल पहिलो नम्बरमा रहेको भन्दै यसलाई विशेष प्राथमिकता दिएर छुट्टै शिर्षकका साथ अगाडि बढ्नुपर्ने उनको भनाई छ ।





























प्रतिक्रिया