नेकपा एमालेका सांसद नारायणप्रसाद आचार्यले बजेट परम्परागत ढङ्गले उपलब्धिहीन र औचित्य पुष्टिविना आएको बताएका छन् ।
बिहीवार प्रतिनिधि सभामा बोल्दै सांसद आचार्यले परम्परागत तरिकाले देश विकास सम्भव नभएको भन्दै नयाँ सम्भावनाको अनुसन्धान गरेर काम गर्नुपर्ने बताएका हुन् । उनले आलोचित र टिप्पणी हुने कुरामा सरकारको ध्यान नगएको भन्दै ध्यानाकर्षण पनि गराएका छन् ।
उनले भने, 'हामीले परम्परागत ढङ्गले उपलब्धिहीन र औचित्य पुष्टि नभएका कुराहरुलाई अन्त्य गरेर नयाँ सम्भावनाको अनुसन्धान गरेर काम गर्नुपर्ने छ । कामहरु परम्परागत ढङ्गले पहिला वर्ष नि त्यही अहिले पनि त्यही भएको छ । यस्तो तरिकाले हामी अगाडि बढ्न सक्दैनौँ । तर सरकारले आवश्यक कानूनहरु समयसापेक्ष कानून बनाउने तर्फ ध्यान पुगेको छैन । विभिन्न, आलोचित हुनुपर्ने कुरामा, टिप्पणी हुने कुरामा जुन ध्यान दिनुपर्ने हो त्यसतर्फ ध्यान दिएको छैन् । यसतर्फ ध्यान जान जरुरी छ ।'
सांसद आचार्यले वन्यजन्तुका डरले मानिसहरु विस्थापित भएर कृषि उपज जमिनहरुमा बाँझो रहनु परेको उल्लेख गर्दै छिटोभन्दा छिटो समस्याको समाधान गर्न सरकारलाई आग्रह पनि गरेका छन् ।































प्रतिक्रिया