मेयर बालेनले लगाए काठमाडौंमा भारतीय चलचित्र प्रदर्शनमा प्रतिबन्ध

मेयर बालेनले लगाए काठमाडौंमा भारतीय चलचित्र प्रदर्शनमा प्रतिबन्ध

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानगरभित्र भारतीय चलचित्र प्रदर्शनमा प्रतिबन्ध लगाएका छन् । 

शुक्रबारबाट प्रदर्शनमा आउने भनिएको आदिपुरुषमा नेपालकी छोरी जानकीलाई भारतकी छोरी भएको भन्ने संवाद र दृश्य नहटाएसम्म भारतका कुनै पनि चलचित्र काठमाडौं महानगरभित्र प्रदर्शन गर्न नदिने शाहको भनाइ हो । 

शाहले फेसबुकमा भनेका छन्, 'दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ।' 

चलचित्रमार्फत् भारतले गलत प्रचार गर्न खोजेको भन्दै मेयर शाहले यो सच्याउन ३ दिनको अल्टिमेटम दिएका छन् । 

नेपाली सेन्सर बोर्डले पनि उक्त फिल्ममा समावेश ‘जानकी भारतीय छोरी हुन’ भन्ने संवादमा आपत्ति जनाउँदै फिल्मलाई जाँचपासको प्रमाणपत्र दिन अस्वीकार गर्दै प्रदर्शनीमा रोक लगाइसकेको छ । 

Logo