कार्कीलाई प्रश्न– कामु हुँदा ८ महिनामा समितिको सुझावमा कति कायम गर्नुभयो ?

कार्कीलाई प्रश्न– कामु हुँदा ८ महिनामा समितिको सुझावमा कति कायम गर्नुभयो ?

केन्द्रबिन्दु
0
Shares

प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीमाथि संसदीय सुनुवाइ समितिमा सवाल–जवाफ सुरु भएको छ। उनलाई समिति सदस्यहरूले प्रश्न गरिरहेका छन्। 

समिति सदस्य देवेन्द्र दाहालले कार्कीलाई प्रश्न साेध्दै भने, यति घण्टाभित्र प्रधानमन्त्री बनाउनू भनेर राष्ट्रपतिका नाममा परमादेश जारी भयो। संसद् जिउँदै थियो, संसद्ले नै प्रधानमन्त्री बनाउँथ्यो। यस्तो विकृत नजिरलाई कसरी सच्याउनु हुन्छ?

उनैले अर्को प्रश्न गरेका छन्– जग्गा हडपेको, पैसा खाएको, दलीय आवरणमा वरिष्ठ दिएको, अदालमा भ्रष्टचार नरोकिएको, घुस नखाइ पेसी नतोकिएको, संवैधानिक इजलास योजनावद्ध रूपमा बस्न नदिएकोलगायत उजुरी परेको छ। यसलाई कसरी लिनुभएको छ ?

समिति सदस्य पदम गिरीले तपाईं कामु हुँदा ८ महिनामा  समितिको सुझावमा कति कायम गर्नुभयो ? प्रधानन्यायाधीश बनेपछि न्यायालय सुधार गर्ने के संकल्प छ ? भन्दै प्रश्न गरेका छन् ।  समितिको बैठकमा उपस्थित भएका कार्कीलाई आज  समिति सदस्यहरूले जिज्ञासा राख्ने कार्यसूची छ ।  
 

Logo