योगको महत्वलाई राज्यका हरेक निकायमा पुर्‍याउन आवश्यक छः मन्त्री शर्मा

योगको महत्वलाई राज्यका हरेक निकायमा पुर्‍याउन आवश्यक छः मन्त्री शर्मा

केन्द्रबिन्दु
0
Shares

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले योगको महत्वलाई राज्यका हरेक निकायमा पुर्‍याउन आवश्यक रहेको बताएकी छिन्। 

नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति दाङको आयोजनामा गत जेठ २७ देखि आजसम्म घोराहीमा भएको योग जागरण अभियानअन्तर्गत सप्ताहव्यापी निःशुल्क राष्ट्रसेवक विशेष योग विज्ञान शिविर समापन समारोहलाई सम्बोधन गर्दै उनले योग साधना स्वस्थ जीवनको पर्याय भएकाले हरेक व्यक्तिमा योगको महत्व र ज्ञान फैलाउनुपर्नेमा जोड दिएकी हुन्।

“समाजका हरेक गतिविधिलाई सकारात्मक रुप दिनका लागि साधना अत्यन्तै आवश्यक हुन्छ कतिले यसको मर्मबोध गरेर आफ्नो व्यस्त समयका बाबजुद पनि यसलाई लागू गरेका छौँ”,मन्त्री शर्माले भनिन्,“कतिपयले यसका बारेमा जानकारी पाएर वा नपाएर लागू गर्न सकेका छैनौँ तर हामी सबैले योग साधना नियमितरुपमा गर्न सकेमा जीवनलाई सहज र सरल बनाउन सम्भव हुने देख्छु।”

राजनीतिक क्षेत्र, कर्मचारी क्षेत्र, प्रहरी प्रशासनलगायत क्षेत्रमा कार्यरत व्यक्ति योग साधनामा सहभागी  हुन अझ आवश्यक रहेको उनले जिकिर गरेकी छिन्। योगले सकारात्मक ऊर्जा प्रदान गर्ने हुँदा जिम्मेवार निकायमा रहेकाले प्रदान गर्ने सेवाको परिणाम अझ परिस्कृत र प्रभावकारी हुने मन्त्री शर्माले विश्वास व्यक्त गरिन्। 

“हाम्रो समाजमा आफूलाई मन पर्ने कुरामा समर्थन गर्ने तर उसले गल्ती गर्यो भने खबरदारी गर्नसक्ने हिम्मत राख्दैनौँ। अरुले गरेका राम्रा र असल कामलाई समर्थन वा धन्यवाद दिन पनि हामी हिच्किचाउँछौँ । यसरी दृष्टिकोण बन्नु विल्कुलै बेठीक हो। समाज र राष्ट्रको हित हुने काम जसले गरेको भए पनि हौसला दिन कञ्जुस्याइँ गर्नुहुँदैन”, मन्त्री शर्माले भनिन्, “जिम्मेवार ठाउँमा बसेका वा जिम्मेवारी लिएकाबाट अझ यसखालका प्रवृति देखिनु हुँदैन। सोच सकारात्मक बनाउन र समाजको हीतका पक्षमा लाग्न योगको महत्व राजनीति गर्नेले, कर्मचारी, प्रहरी प्रशासनका व्यक्तिले अझ धेरै बुझ्नुपर्छ भन्ने म ठान्दछु।”

Skip This
Skip This
Logo