०८४ सालको चुनावमा एमाले एक्लै लडेर बहुमत ल्याउने अध्यक्ष ओलीको दावी

०८४ सालको चुनावमा एमाले एक्लै लडेर बहुमत ल्याउने अध्यक्ष ओलीको दावी

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा आलीले २०८४ सालको चुनाबमा एमालेले ५० प्रतिशत भन्दा बढी मत ल्याउने दाबी गरेका छन् । 
 
शनिवार पार्टी कार्यालय च्यासलमा आयोजित अखिल नेपाल महिला संघ बागमती प्रदेशको प्रथम सम्मेलनको उदघाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सबै पार्टी एकातिर भएपनि एमाले एक्लै चुनाव लडेर बहुमत ल्याउने दाबी गरे । 

उनले भने, ‘२०८४ को मिसन हरेक वडामा एमालेको बहुमत जिल्लामा,प्रदेशमा बहुमत भन्नै पर्दैन वडामा बहुमत आउँछ भने सबैमा आउँछ ।अरु सबै एकातिर एमाले पार्टी एकलैले ५० प्रतिशत भन्दा माथि हुन्छ ।’

अध्यक्ष ओलीले सिध्दिएका तत्वहरु मिलेर मोर्चा बनाउन लागेको भन्दै त्यसको केहि औचित्य नरहेको तर्क गरे । 

Logo