रेशम चौधरीको प्रष्टोक्ति- ‘टीकापुर घटनामा अब मैले बोल्न केही बाँकी रहेन’

रेशम चौधरीको प्रष्टोक्ति- ‘टीकापुर घटनामा अब मैले बोल्न केही बाँकी रहेन’

केन्द्रबिन्दु
0
Shares

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले टीकापुर घटनाको विषयमा अब आफूले बोल्न बाँकी केही नरहेको बताएका छन् । 

शनिबार महेन्द्र उपाध्यायद्धारा लिखित ‘मिन्झारी’ पुस्तकको विमोचन एवं विमर्श कार्यक्रममा संरक्षक चौधरीले टीकापुर घटनामा आफूलाई मानिसको भन्दा पनि तलको व्यवहार गरिएको भन्दै गुनासो सुनाए । 

उनले भने ‘टीकापुरको घट्नापछि मलाई मानिसले त्यहि रुपमा चिन्छन् । तर वास्तविकता त्यो होईन् । टीकापुरमा जुन दिन सर्वदलीय कार्यक्रम भएको थियो मैले त्यो दिन त्यहाँ गरेको भाषण मात्र सुनेको भए सबैले यस्तो भन्दैनथिए मलाई त्यो घट्नाको स्पष्टीकरण दिनुपनि छैन् । मलाई आश्चर्य लाग्छ आफुले आफैलाई धेरै कुराहरु स्वीकार्दा र सुन्दा सुन्दा म पनि मान्छे हुँ भन्नेमा चिक्त दुख्छ,  अभिव्यक्ति गर्न खोज्छु फेरि सम्झन्छु म त जनप्रतिनिधि हो । समाज मिलाउनु पर्छ ।’ 

Logo