वर्षाका कारण भएको क्षतिको अवस्थाबारे गृहमन्त्रीले सदनमा जानकारी गराउनुपर्ने सांसद भट्टराईको माग

वर्षाका कारण भएको क्षतिको अवस्थाबारे गृहमन्त्रीले सदनमा जानकारी गराउनुपर्ने सांसद भट्टराईको माग

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका सांसद योगेश भट्टराईले नेपालको पूर्वी भागमा भएको क्षतिको अवस्थाबारे सम्पूर्ण जानकारी गृहमन्त्रीले सदनमा गराउनुपर्ने माग गरेका छन्। 

आइतबार प्रतिनिधि सभा बैठकमा सांसद भट्टराईले विपत्को विषयमा गृहमन्त्रीले  पुल र सडकको विषयमा भौतिक पूर्वाधार मन्त्रीले सदनमा जानकारी गराउनुपर्ने बताएका छन्।

उनले भने,नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु, विशेषगरि यो स्थितिको सम्पूर्ण जानकारी गृहमन्त्रीलाई सम्पूर्ण विपत्तको अवस्था जानकारी यो सदनमा गर्नुपर्छ भनेर माग गर्न चाहन्छु। त्यसैगरि पुल, सडकहरुको अवस्था के छ भौतिक पूर्वाधार मन्त्रीले यसबारे जानकारी गराउन माग गर्न चाहन्छु। तत्कालै झोलुङ्गे पुलहरुको व्यवस्था गरेर आवागमनलाई सहज बनाउन पनि माग गर्न चाहन्छु। पीडितहरुलाई आवास र खाद्यान्नको संकट छ ,त्यसको व्यवस्था गर्न पनि ध्यानाकषर्ण गर्न चाहन्छु।’ 

यसको साथै उनले ताप्लेजुङ्, संखुवासभा,तेह्रथुम,पाँचथर जस्तो जिल्लाहरुमा छिटोभन्दा छिटो राहात र उद्धारका काम गर्न र त्यहाँका स्थानीयहरुलाई सुरक्षाको व्यवस्था गर्न पनि माग गरेका छन्। 

Logo