प्रत्यारोपण केन्द्रले औषधिको मूल्य ७५ प्रतिशत बढी लियोः सांसद कार्की

प्रत्यारोपण केन्द्रले औषधिको मूल्य ७५ प्रतिशत बढी लियोः सांसद कार्की

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले बिरामीसँग औषधिको मूल्य ७५ प्रतिशत बढी लिने गरेको दावी गरेकी छिन्।
 
आइतबार प्रतिनिधिसभाको बैठकमा सांसद कार्कीले केन्द्रमा डाइलाइसिस गराइरहेका बिरामीबाट अस्पतालले स्वास्थ्य बीमा अन्तर्गत खरिद गरिएको औषधिमा ७५ प्रतिशतसम्म बढी शुल्क लिएको बताएकी हुन्। 

उनले भनिन्‘यो स्वास्थ्य बिमित डायलाइसिस गराइरहेका बिरामीको बिल हो। यसमा इपोफिट नामक औषधिको बिक्रि मूल्य १४०५ छ। यसको खाली खोल पनि मसँग छ। जसमा अधिकतम खुद्रा बिक्रि मूल्य भारतीय पाँच रुपैयाँ छ। अर्थात् नेपाली ८ सय रुपैयाँ पर्न आउँछ। २० प्रतिशत अधिकतम पाउनेमा यहाँ ७५ प्रतिशत बढी लिइएको छ।’

Skip This
Skip This
Logo