‘ओलीले ५ वर्ष सरकार चलाए नेकपा सखाप हुन्छ’ : नेता खनाल

‘ओलीले ५ वर्ष सरकार चलाए नेकपा सखाप हुन्छ’ : नेता खनाल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाँच वर्ष सम्म सञ्चालन गर्न दिए नेकपा सखाप हुने बताएका छन्। सोमबार सहाना प्रधान स्मृति प्रतिष्ठानले आयोजना गरेको जुम मिटिङमा बोल्दै खनालले सरकारमा ओली रहिरहे आगामी निर्वाचनमा नेकपा सखाप हुने बताएका हुन् ।

अहिले जसरी ओलीले सरकार सञ्चालन गरिरहनु भएको छ। त्यसरी ५ वर्ष उहाँलाई सरकार सञ्चालन गर्न दिने हो भने नेकपा रुट आउट हुन्छ, खनालले भने, ‘कम्युनिस्ट पार्टीले ७१ वर्षमा जुन उपलब्धी हासिल गरेका छौं, त्यो गुम्छ नै र भविष्य अनिश्चित हुन्छ।‘ नयाँ ढंगले नसोची हुँदैन । सुधार नगरी हुँदैन । त्यस्तो गर्न सक्यो भने मात्रै पुनर्जीवन पाउने सम्भावना छ’ उनले भने।

नेता खनालले ओलीले कुनै विषयमा पनि पार्टीमा संस्थागत रुपमा छलफल नगराई एकलौटी ढंगले निर्णय गर्ने गरेको बताए । उनले ओली नेतृत्वको सरकार अनियमिततामा संलग्न भएको आरोप पनि लगाए । अहिलेको संघर्ष ओली गुट र पार्टीबीचको संघर्ष रहेको उनले स्पस्ट पारे। अहिले जारी स्थायी कमिटीको बैठकमा उतारचढाव देखिए पनि अब चाँडै निष्कर्षमा पुग्ने उनले विश्वास व्यक्त गरे। ओलीले पार्टी फुटको त्रास देखाएर सत्तामा टिक्न खोजेको उनको भनाइ थियो । अन्नपूर्णबाट

Skip This
Skip This
Logo