गृहमन्त्री जोखिम न्यूनीकरणको काम छाडेर मोर्चा बनाउन व्यस्त छन्ः सांसद झा

गृहमन्त्री जोखिम न्यूनीकरणको काम छाडेर मोर्चा बनाउन व्यस्त छन्ः सांसद झा

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले गृह मन्त्रालय मोर्चा बनाउन व्यस्त भएको टिप्पणी गरेका छन्।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद झाले जोखिम न्यूनीकरणको लागि सरकारको सहभागिता नभएको भन्दै कुनै पनि पक्ष तयारीमा नजुटेको बताएका हुन् ।
 
उनले भने, 'मृत्यु भन्दा पनि ठूलो डर मरिन्छ कीभन्ने हुन्छ। अहिले पहाडको केही मानिसहरुलाई त्यहि त्रासले मारिरहेको छ। केही व्यक्तिहरु प्राथमिक उपचार नपाएर मरिरहेका हुन्छन्। हिजो ताप्लेजुङमा सुरेश नामक एक जनाको मृत्यु भयो। आज पहाड जोखिममा छ भने भोलि तराई र मधेस जोखिममा हुने छन्। तर यसको लागि गृह मन्त्री र उहाँको तयारीको बारेमा जानकारी पाइरहेका छैनौँ। सायद उहा मोर्चा बनाउमा व्यस्त हुनुहुन्छ। अर्को हाम्रो प्रधानमन्त्रीलगायत अरु जिम्मेवार व्यक्तिहरुको उपस्थितिर जानकारी के हुँदै छ हामी जनप्रतिनिधि हौँ हामीले पनि जवाफ दिनुपर्नेछ। र हामीले प्रश्न सोध्ने कसलाई? बाट अपेक्षा गर्ने? हामी जवाफ चाहन्छौँ।'

सांसद झाले जनता कतिपय अवस्थामा उपचार नै नपाएर मृत्यु स्वीकार्न बाध्य हुने गरेको टिप्पणी पनि गरे। 

Skip This
Skip This
Logo