जनमत पार्टीका सांसद अब्दुल खानले चार नेताहरुले महाभारतमा अभिमन्यूलाई चक्रव्यूहमा फसाएको जस्तो आफूहरुलाई फसाएको गुनासो गरेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा सांसद खानले विकासको बजेट आफ्नो क्षेत्रमा थुपारेर अन्य क्षेत्रको जनताप्रतिको दायित्व भुलेको बताएका हुन् । उनले भने, ‘५१ प्रतिशतको विकास बजेट ४ जनाको क्षेत्रमा जान्छ भने ४९ प्रतिशत बजेट चाहीँहामीलाई जान्छ । यो न त नीति र कार्यक्रमहो न सिद्धान्त र प्राथमिकता नै हो । जसरी महाभारतमा अभिमन्यूलाई चक्रव्यूहमा फसाएको थियो त्यसैगरि हामी सबैलाई यी चार जनाले फसाएका छन् । यो लुकेको छुपेको कुरा हैन ।’
हिन्दीका एउटा गजल छ भन्दै उनले सुनाए- ‘मे कैसे हो जाउ तेरीअदाओमे फना मैनेमागीथी नोकरीतुने दियानमक, तेल और चना ।’ बजेट यस्तै गजल जस्तो भएको उनको भनाई थियो ।































प्रतिक्रिया