उपप्राध्यापक चलाउनेलाई न्याय दिएर पीडकलाई दण्डित गर्न रास्वपा सांसद परियारको माग

उपप्राध्यापक चलाउनेलाई न्याय दिएर पीडकलाई दण्डित गर्न रास्वपा सांसद परियारको माग

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपप्राध्यापक प्रेम चलाउनेलाई न्याय दिन र पीडकलाई दण्डित गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले आक्रमणमा संलग्नमाथि दायर गरिएको मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति आपत्ति जनाएका हुन्। 

उनले भने ‘विश्वविद्यालयजस्तो क्षेत्रमा त्यसरी गुण्डागर्दी शैलीमा मरणासन्न हुने गरी कुटनेहरुलाई नछोडौँ। म सम्माननीय सभामुखमार्फत नेपाल सरकारको गृहमन्त्रीलाई अनुरोध गर्न चाहन्छु। कृपया,यो गल्तीलाई सच्याउनुस्। पीडितलाई न्याय दिनुस्।’
उनले न्याय मर्न नदिन सरकारलाई आग्रह समेत गरे। 

प्रमुख सचेतक परियारले त्रिविमा प्रहरी पनि भित्र जान पाउँदैन भन्ने मान्यतालाई मिच्दै गुण्डागर्दीको शैलीमा दिनदहाडै त्यसरी कुटपिट गरेर मरणासन्न बनाएको मान्छेको मुद्दा फिर्ता लिने यो कहाँको न्याय हो? भन्दै प्रश्न समेत गरे। 

Logo