‘अहिलेको अवस्था र व्यवस्थाले नेपाल र नेपाली जनताको परिवर्तन सम्भव छैन’ -अध्यक्ष लिङ्देन

‘अहिलेको अवस्था र व्यवस्थाले नेपाल र नेपाली जनताको परिवर्तन सम्भव छैन’ -अध्यक्ष लिङ्देन

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस, एमाले र माओवादीबीच कुनै फरक नभएको बताएका छन् । 

मंगलबार काठमाडौंमा राप्रपाको महिला संगठनद्वारा आयोजित व्यक्तित्व विकाससम्बन्धि कार्यक्रममा अध्यक्ष लिङ्देनले देश वर्वादीमा कांग्रेस, एमाले र माओवादीका नेताहरु मात्र नभई उनीहरुले ल्याएको व्यवस्था पनि जिम्मेवार भएको बताएका हुन् । 

उनले भने, ‘यो देशमा कांग्रेस, एमाले र माओवादी असफल भएर केही हुँदैन् । उनीहरु जुन राजनीतिक आदर्शका साथ छन् अथवा  राजनीतिक मुद्धालाई आदर्श मानेर हिँडिरहेका छन् । आवरणमा फरक फरक भए पनि मुलमा उनीहरु एउटै छन्। यो देश वर्वाद हुनुमा अहिलेको नेताहरु मात्र जिम्मेवार छैनन् की उनीहरुले ल्याएको व्यवस्था पनि जिम्मेवार छ । यसमा नेतृत्व मात्र हैन व्यवस्था पनि परिवर्तन गर्न जरुरी छ ।’ 

अध्यक्ष लिङ्देनले यो देशका लागि संघीयता, गणतन्त्र र धर्म निरपेक्षता उपयुक्त नभएको दोहोर्याउँदै यही व्यवस्था र अवस्था कायम रहे नेपालको र नेपाली जनताको प्रगति सम्भव नभएको बताए ।

उनले भने, ‘कांग्रेस, एमाले र माओवादीहरु यही व्यवस्थालाई सुधार गरेर यसैबाट हामी अगाडि बढ्न सक्छौंं भन्नेमा छन् । यही अवस्थाले उन्नति प्रगति हुन्छ भन्ने पक्षमा छन् । त्यसैले उनीहरु एउटा दल असफल भएर केही हुँदैन अर्को दलले त्यो मान्यतालाई अगाडि बोेकेर जान्छ । गणतन्त्र धर्म निरपेक्षता संघीयता जस्ता मुद्दाहरुमा हामी बाहेक सबै राजनीतिक दलहरु जेठोदेखि कान्छोसम्म एकै ठाउँमा छन् । उनीहरु एउटा असफल भयो भन्दैमा त्यो मुद्धा असफल भयो भन्न मिल्दैन । तर त्यो संंघीयता, गणतन्त्र, धर्म निरपेक्षता उपयुक्त छैन । यसमा परिवर्तन नगरिकन नेपाली जनताको र नेपालको प्रगति सम्भव छैन ।’ 

Logo