धुर्मुस-सुन्तली फाउण्डेशनले तिर्नुपर्ने कर छुट दिने सरकारकाे निर्णय

धुर्मुस-सुन्तली फाउण्डेशनले तिर्नुपर्ने कर छुट दिने सरकारकाे निर्णय

केन्द्रबिन्दु
0
Shares

सरकारले धुर्मुस-सुन्तली फाउण्डेशनले तिर्नुपर्ने कर छुट दिने निर्णय गरेको छ । 

मंगलबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचनाप्रविधि मन्त्री रेखा शर्माले अर्थ मन्त्रालयको प्रस्तावमा धुर्मुस-सुन्तली फाउण्डेशनले गिरानचौर एकीकृत नमुनावस्ती पुर्ननिर्माण तथा पर्यटन प्रवद्र्धन परियोजनाको स्वामित्वमा रहेको घर जग्गा हस्तान्तरणपछि चुक्ता गर्न बाँकी कर छुट दिने निर्णय गरेको जानकारी दिएकी हुन् । 

त्यस्तै, बैठकले नेपाल चीन सीमानाको सीमा चिन्ह स्तम्भ संयुक्त रुपमा पुनःस्थापना गर्ने बारेमा नेपालीको टोली गठनको निर्णय पनि भएका उनले जानकारी दिइन् । उनले भनिन्, ‘नेपाल-चीन सीमानाको तातोपानी झ्ङवोस्थित सीमा चिह्न स्तम्भ ५३१ लाई संयुक्त रुपमा पुनःस्थापनाको लागि नेपाली टोली गठन गर्ने निर्णय भएको छ ।’ 

Logo