संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल र चीनबीचको सम्बन्ध सगरमाथा जस्तै अग्लो रहेको बताएका छन्।
बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय चार्टड उडान अवतरणपछि आयोजित कार्यक्रममा मन्त्री किरातीले सगरमाथाभन्दा अग्लो सीमाना दुनियाँमा कतै नभएको भन्दै सीमानाजति नै अग्लो दुई देशबीचको सम्बन्ध रहेको बताएका हुन् ।
उनले भने, ‘सगरमाथा विश्व शिखर मात्र हैन विश्वकै अग्लो सीमाना पनि हो । यो भन्दा अग्लो सीमाना दुनियाँमा कतै छैन । तर अनौठो कुरा यो प्राकृतिक सीमाना जति अग्लो छ । त्यतिअग्लो हामी दुई देशबीचको सम्बन्ध छ ।’
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरु गर्नु पहिलो कदम भएपनि अब यसलाई निरन्तरता दिन आवश्यक रहेको उनको भनाइ छ । उनले दुई देश बीचको सम्बन्धलाई अझै बिस्तार र सुदृढ बनाउनुपर्ने समेत बताए ।





























प्रतिक्रिया