भारतीय संसदमा राखिएको नक्साबारे नेपाली राजदूतावासले प्रतिवेदन पठाउँछः परराष्ट्रमन्त्री साउद

भारतीय संसदमा राखिएको नक्साबारे नेपाली राजदूतावासले प्रतिवेदन पठाउँछः परराष्ट्रमन्त्री साउद

केन्द्रबिन्दु
0
Shares

परराष्ट्र मन्त्री नारायणप्रसाद (एनपी) साउदले भारतले आफ्नाे  संसद भवनमा राखेको नक्साबारे बुझ्न भारतस्थित नेपाली राजदूतावासलाई निर्देशन दिएको बताएका छन् । 

मंगलबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसदहरुले प्रश्न उठाएपछि परराष्ट्रमन्त्री साउदले भारतको तर्फबाट आधिकारिक धारणा आइसके पनि भारतीय पक्षसँग कुरा गरी प्रतिवेदन पठाउन दूतावासलाई निर्देशन दिएको बताएका हुन् । 

उनले भने, ‘भारतीय संसद भवनमा राखिएको नक्सामा सम्राट अशोकको समयमा उनको साम्राज्यको फैलावट जनाइएको भनि त्यो नक्साको क्याप्सनमा लेखिएको र यो राजनीतिक विषय नरहेको भनि भारत सरकारका तर्फबाट आधिकारीक धारणा समेत त्यहाँका विदेशमन्त्रीबाट आइसकेको समेत जानकारी गराउन चाहन्छु । हामीले यस विषयमा भारतीय पक्षसँग कुरा गरीप्रतिवेदन पठाउन नयाँ दिल्ली स्थित नेपाली राजदूतावासलाई निर्देशन पनि दिएका छौँ ।’ 

परराष्ट्रमन्त्री साउदले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण जाँदा ५१ सदस्य मात्रै टोली रहेको उल्लेख गर्दै यसपालिको भ्रमण टोली पनि सयभन्दा माथि नै जानकारी पनि बैठकलाई गराए । 

Skip This
Skip This
Logo