नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ। समाजवादी मोर्चाको घोषणा भएको केही दिनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र चन्दबिच भेटवार्ता भएको हाे।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको सो भेटवार्तामा समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको बताइएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार माओवादी आन्दोलनको उपलब्धिको रक्षा र पार्टी एकताबारे दुवै नेता बिचमा गम्भीर छलफल भएको छ। दुबै नेताले पार्टी एकताका बारेमा पनि कुराकानी गरेको जनाइएको छ।































प्रतिक्रिया