अनिलकेशरी शाह रास्वपाका प्रशिक्षण विभाग प्रमुख

अनिलकेशरी शाह रास्वपाका प्रशिक्षण विभाग प्रमुख

केन्द्रबिन्दु
0
Shares

पूर्वबैंकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रशिक्षण विभाग प्रमुख बनेका छन्।

हालै रास्वपा प्रवेश गरेका शाहलाई आज बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रशिक्षण विभागको प्रमुखको जिम्मेवारी दिएको हो ।  

यसअघि नेकपा एमाले निकट देखिएका शाह प्रतिनिधि सभा निर्वाचनपछि भने रास्वपसँग नजिकिएका थिए । उनी नबिल बैंक, मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत भइसकेका छन्। रास्वपाले चर्चित अनुहारहरुलाई पार्टीमा भित्र्याउने अभियानकै रुपमा चलाउँदै आएको छ । जसअनुसार रास्वपाले यसअघि स्वर्णिम वाग्लेलाई पार्टीमा भित्र्याएको थियो, उनले रास्वपाकै टिकटमा चुनाव पनि जिते । 

रास्वपाले आफ्नो पहिलो बार्षिकोत्सव मनाउँदैछ। सो अवसरमा रास्वपाले बालाजुस्थित केन्द्रिय कार्यालयमा चियापान कार्यक्रमको आयोजना पनि गरेको छ, जसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत पूर्व प्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख, कुटनीतिक नियोगका प्रतिनिधिलगायतलाई आमन्त्रण गरिएको छ।

Logo