नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिको बैठकअघि मातहतका कमिटीमा ५ बुँदे सर्कुलर पठाएको छ।
बिहीबार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले संयुक्त हस्ताक्षर रहेको सर्कुलर केन्द्रीय कार्यालयमार्फत मातहतका कमिटीमा पठाइएको हो।
माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक यही असार २३ गते ११ बजे प्रज्ञा भवन कमलादीमा बोलाइएको छ। केन्द्रीय समितिको बैठकमा केन्द्रीय समितिका सदस्यहरू, तीनवटै आयोगका सदस्यहरू र सबै प्रदेश समितिका पदाधिकारीहरू सहभागी हुने कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए।
माओवादीका एक नेताका अनुसार पाँच बुँदे सर्कुलरमा २ महिने अभियानको समग्र समीक्षा सहितको लिखित प्रतिवेदन असार १५ गतेभित्र सबै प्रदेशहरूले अनिवार्य रूपमा केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिइएको छ।





























प्रतिक्रिया