विदेश पुगेका नेपाली स्वदेशमै फर्काउने प्रतिवद्धताबाट पछि हटेका छैनौँः रवि लामिछाने

विदेश पुगेका नेपाली स्वदेशमै फर्काउने प्रतिवद्धताबाट पछि हटेका छैनौँः रवि लामिछाने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले, आफ्नो पार्टी जनतासंगका प्रतिवद्धताबाट आफ्नो दल विमुख नभएको जिकिर गरेका छन्।
 
बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीकको पहिलो स्थापना दिवसको अवसरमा पार्टी कार्यालयमा पत्रकारले सोधेका प्रश्नको जवाफ दिँदै उनले सरकारमा गएको एकसय दिनमा विदेश पुगेका नेपाली स्वदेशमै फर्काउने प्रतिवद्धताप्रति पार्टी अझै प्रतिवद्ध रहेको बताए। 

‘हामीले सरकार चलाएको १०० दिनमा देश विदेशका चोक चोकमा नेपालमा नै जागिर छ भन्ने कुराको पोस्टर राख्ने प्रतिवद्धताबाट हामी विमुख भएका छैनौँ ।’उनले भने। पार्टीका लागि विधि,नीति, नियम र विचारहरुलाई आमनागरिक सम्म पुर्‍याउनुपर्ने गम्भिर चुनौती रहेको उनको भनाई छ। ‘हाम्रो महत्वपुर्ण चुनौती भनेको आम नागरिकमा पुग्नु हो। र हाम्रो नीति विचारहरु र हामी कुन ढंगले अगाडी बढिरहेका छौँ भन्ने आम नागरिकलाई बुझाउनु पर्ने छ।’

आफूहरु विधि विधान भन्दा बाहिर नजाने दाबी गरेका उनले भने ‘प्राथमीकताका कुराहरुलाई क्रमशः राखेर हामी अगाडी बढ्छौँ। विधि र विधान भन्दा बाहिर जाने छैनौँ। विधि भित्र रहेर सम्पुर्ण कुरालाईसंगै लियर जानेछौँ। संसदमा हाम्रो उपस्थिती अझै मर्यादीत र प्रभावशाली हुन्छ।’

Skip This
Skip This
Logo