सांसद प्रदिप पौडेलले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको लागि छुट्याइएको बजेटले प्राथमिकता निर्धारण गर्न नसकेको टिप्पणी गरेका छन् । विनियोजित बजेट कनिका छरे जस्तो नभएपनि प्राथमिकता भने निर्धारण गर्न नसकेको दाबी गरे ।
बिहिवार बसेको पूर्वधार विकास समितीको बैठकमा सांसद पौडेलले मन्त्रालयले प्राथमीकता निर्धारण गर्न नसकेको बताए । ‘अहिलेको बजेटको सन्दर्भममा उर्जा सिँचाई मन्त्रालयको बजेट चाहीँ कनीका छरेको जस्तो स्थिती चाहीँ छैन । तर यसले खास प्राथमीकता निर्धारण गर्न भने सकेको छैन् ।’ उनले भने ।
सांसद पौडेलले विजुलीको पोलको समस्या दिनानुदिन बढ्दै गएको र त्यसको व्यवस्थापन हुनुपर्ने बताए । विजुलीको पोल व्यवस्थापनमा स्थानीय तह मौन बसेको उनको टिप्पणी छ ।





























प्रतिक्रिया