पार्टी कार्यालयमा ग्रेटर नेपालको झण्डा नराख्ने दलको मुख्यालय ध्वस्त पार्ने चेतावनी

पार्टी कार्यालयमा ग्रेटर नेपालको झण्डा नराख्ने दलको मुख्यालय ध्वस्त पार्ने चेतावनी

केन्द्रबिन्दु
0
Shares

विशाल नेपाल महाअभियानले सबै पार्टीका नेताहरुले आफ्नो कार्यलयमा गे्रटर नेपालको नक्सा नझुण्डाए मुख्यालय ध्वस्त गर्ने चेतावनी दिएको छ । 

बिहीवार काठमाडौंमा आयोजित विरोध प्रदर्शनमा महाअभियानका अध्यक्ष डाक्टर सुरेन्द्र ढकालले सबै नेताले ग्रेटर नेपालको नक्सा आफ्नो कार्यलयमा नझुण्डाए उनीहरुको मुख्यालय ध्वस्त पार्ने चेतावनी दिएका हुन् । उनले भने,‘ग्रेटर नेपालको नक्सा आफ्नो कार्यलयमा पनि झुण्ड्याउ र आफ्ना सांसदहरुलाई पनि भन । यो नक्सा राष्ट्रपतिदेखि लिएर वडा अध्यक्ष सम्मको कार्यलयमा झुण्डीनुपर्छ । यदि सबै नेताले नक्सा आफ्नो कार्यलयमा झुण्डाएर त्यसलाई नेपाल बनाउन राजनीति दलहरु लाग्दैनन् भने, हामीले यीनिहरुको मुख्यालय ध्वस्त गर्ने छौं ।’

उनले देशको सेनाले देशको सिमा रक्षा गरेन भने ग्रेटर नेपाल मुक्ति सेना घोषणा गर्ने भन्दै आक्रोस पोखे । 

अध्यक्ष ढकालले हरेक १८ वर्ष पुगेका नेपालीले सैनिक तालिम पाउनुपर्ने भन्दै आफ्नो मातृभूमिको रक्षा गर्न माग गरे । उनले भने, ‘देशको सेनाले देशको सिमा रक्षा गरेन भने अब हामीले ग्रेटर नेपाल मुक्त्ति सेना घोषणा गर्नुपर्ने दिन आउने छ भनेर सेनाको भेषमा उपस्थीत भएको हुँ । १८ वर्ष पुगेको हरेक नेपालीले सैनिक तालिम पाउनुपर्छं । र आफ्नो मात्रीभूमिको रक्षा गर्न अधिकार पाउनुपर्छ ।’

अहिलेको सरकारलाई भारतीय दलालको सरकारको संंग्या दिँदै उनले नेपाल भारत खुल्ला सिमानामा काँडे तार लगाउनुपर्ने बताए । 

त्यस्तै कार्यक्रममा नायक नवल खड्का, तारा लुइटेललगायतले राष्ट्रियताको सवालमा राज्यले खुट्टा कमाएको बताए । 

Skip This
Skip This
Logo