रेल सेवा सञ्चालनलाई आगामी बजेटमा सम्बोधन गर्छाैँः प्रधानमन्त्री प्रचण्ड

रेल सेवा सञ्चालनलाई आगामी बजेटमा सम्बोधन गर्छाैँः प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रेल सेवा सञ्चालनबारे सरकार सकारात्मक रहेको बताएका छन्। शुक्रबार बसेको संघीय संसदको बैठकमा प्रधानमन्त्री दाहालले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै आगामी बजेटमा यसबारे सम्बोधन गरिने बताएका हुन्। 

उनले भने ‘रेल सेवा सञ्चालन गर्ने बारे सरकार सकारात्मक छ। राष्ट्रिय गौरवको   आयोजनाहरु तथा अन्य प्राथमिकता प्राप्त आयोजनाहरु जग्गा अतिक्रमण मुआब्जा तथा क्षतिपूर्ति वितरण गर्ने कार्य सरकारको प्राथमिकतामा परेको छ।

आगामी दिनमा आवश्यक बजेट व्यवस्थासहित सम्बन्धित निकाय मार्फत यस विषयमा सम्बोधन हुने व्यहोरा राख्न चाहन्छु। अन्तर्राष्ट्रिय राजनीतिमा घटिरहेका घटनाप्रति सरकारको गम्भीर ध्यान गएको छ।’

Skip This
Skip This
Logo