नेकपा एमालेका प्रमुख सचेत पदम गिरीले सरकार मोजमस्तिमा रमाएको आरोप लगाएका छन् ।
शुक्रबार बसेको प्रतिनीधिसभाको बैठकमा खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै सचेतक गिरीले रोम शहर जल्दा निरोले बाँसुरी बजाएर बसे जस्तो सरकार सबै समस्या विर्सेर मोजमस्तिमा लागेको आरोप लगाएका हुन् ।
‘सरकार मोजमस्तिमा रमाएको छ । रोम शहर जल्दा खेरी निरोले बाँसुरी बजाएर आनन्द लिए जस्तो देश वर्वाद हुँदै छ । तर सरकार मोजमस्तिमा हरको अवस्था छ ।’ उनले भने ‘बेरोजगारीलाई कसरी अन्त्य गर्ने जेल भएको अर्थतन्त्रलाई कसरी लयमा फर्काउने उद्योग व्यवसायलाई कसरी पहिलेकै अवस्थामा ल्याउने भन्ने विषय तर्फ सरकारको ध्यान पटकै छैन ।’
सचेतक गिरीले प्रधानमन्त्रीले संसदलाई समेत प्राथमिकतामा नराखेको भन्दै असन्तुष्टि जनाए। प्रधानमन्त्री कार्यालयलाई कर्मचारी भर्ती केन्द्रको रुपमा विकास गरिएको उनको आरोप छ । ‘सम्माननीय प्रधानमन्त्री ज्युको काम के छ भने यहि रोष्ट्रममा आएर जवाफ दिने बेलामा आएर मेरो तयारी पुगेन उहाँले भन्नुभयो, भने पछि कति निकम्मा र कुन अवस्थामा छ । त्यो कार्यकर्ता भर्तीको रुपमा प्रधानमन्त्री कार्यालय छ ।’ उनले भने ।





























प्रतिक्रिया