उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामन्तवादको अवशेषको रुपमा समाजमा मिटरब्याज प्रकरण रहेको बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा निनियोजन विधेयकका मन्त्रालयगत शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री श्रेष्ठले अहिले संविधान कार्यान्वयनको चरणमा रहेको बताएका हुन् । अहिले पनि समाजमा सामन्तवादको अवशेषको रुपमा रहेको मिटरब्याज प्रकरणको समस्या समाधान गर्न सरकार अघि बढेको उनले जानकारी दिए ।





























प्रतिक्रिया