‘राष्ट्रपति र उपराष्ट्रपतिले पाउने सेवामा कटौती गर्नु उचित’ -सांसद खान

‘राष्ट्रपति र उपराष्ट्रपतिले पाउने सेवामा कटौती गर्नु उचित’ -सांसद खान

केन्द्रबिन्दु
0
Shares

सांसद अब्दुल खान देशको आर्थिक अवस्था कमजोर भएकोले राष्ट्रपति र उपराष्ट्रपतिले पाउने सेवामा कटौती गर्नु उचित हुने बताएका छन् । 

आईतवार प्रतिनिधि सभा बैठकमा सांसद खानले राष्ट्रपति र उपराष्ट्रपतिले धेरै सल्लाहकार, गाडी र धेरै सुरक्षाकर्मीहरुको प्रयोग गर्नु देशको अवस्थाभन्दा बढी भएको बताए । उनले देखिएको यस्तो बढी सुविधा कटौती गरेर शिक्षा र स्वास्थ्यमा खर्च गर्दा राम्रो हुने बताए । 

उनले भने, ‘यस्तो अवस्थामा धेरै सल्लाहाकार राख्नु, गाडीहरुको प्रयोग गर्नु, धेरै सुरक्षाकर्मीहरुको प्रयाग गर्नु हाम्रो देशको अवस्थाभन्दा बढीको सुविधा देखिएको छ । राष्ट्रपति र उपराष्ट्रपतिको सुविधा देशको आर्थिक अवस्थाले निर्धारण गर्ने हुदाँ हाम्रो अवस्था अनुसार त्यो सेवामा कटौती आवश्यक नै छ । उक्त कटौतीको पैसा शिक्षा र स्वास्थ्यमा खर्च गर्दा राम्रो हुन्छ ।’ 

सांसद खानले राष्ट्रपति र उपराष्ट्रपतिको काम मुख्यतयाराष्ट्रिय एकताको प्रवद्र्धन, संविधानको पालना र संविधानको संरक्षण भएको हुँदा देशको आर्थिक, शैक्षिक, स्वास्थ्य अवस्था कस्तो रहेछ भनेर प्ररिक्षण गरेरसेवा सुविधा लिनु उपयुक्त र उचित हुने बताए ।

Logo