सांसद सिंहको व्यङ्गः ‘सित्तैमा उपचार हुन्छ भनेर राष्ट्रपति चुनिने गरियो’

सांसद सिंहको व्यङ्गः ‘सित्तैमा उपचार हुन्छ भनेर राष्ट्रपति चुनिने गरियो’

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपकबहादुर सिंहले राष्ट्रपति रामचन्द्र पौडेललाई सित्तैमा उपचार हुन्छ भनेर चुनेको आरोप लगाएका छन् । 

आईतवार प्रतिनिधि सभाको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग सांसद सिंहले पहिले पनि विरामी राष्ट्रपति बनाएर उपचारमा करोडौँ खर्च गरेको भन्दै अहिले पनि सित्तैमा उपचारको लागि विरामीलाई नै राष्ट्रपति चुनेको आरोप लगाएका हुन् । 

उनले भने,‘विरामी राष्ट्रपतिहरु यो देशले पाईराखेको छ । उहाँहरुको स्वास्थ्य उपचारको लागि पहिलाबाट पनि करोडौं खर्च भइराखेको थियो अहिले पनि छन् रोगी नै छन् । रोगीलाई उपचार सित्तैमा हुन्छ भनेर राष्ट्रपति चुनेको हुन् कि के हो ?’

सांसद सिंहले उपराष्ट्रपति या राष्ट्रपतिले पाउने सुविधामा ठूलो खर्च राखेको भन्दै आपत्ति जनाए । राष्ट्रपतिबाट देशको लागिभन्दापनि पार्टीको लागि मात्र काम भएको उनको आरोप छ । अहिलेसम्म एउटा पनि राष्ट्रपति जनताप्रति जवाफदेहिता नभएको भन्दै गणतन्त्रमा राष्ट्रपतिसँग भएको सिस्टमले धेरै दिन नटिक्ने टिप्पणी गरे । 

Logo