पशुपति जलहरी प्रकरणको यथार्थ जानकारी गराउन सांसद पौडेलको माग

पशुपति जलहरी प्रकरणको यथार्थ जानकारी गराउन सांसद पौडेलको माग

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले पशुपतिनाथको गर्भ गृहको जलहरी प्रकरणको सत्यतथ्य कुरा संसदमा जानकारी गराउन माग गरेका छन् । 

सोमवार प्रतिनिधिसभाको सुन्य समयमा सांसद पौडेलले सम्बन्धित निकायले मन्दिरको सुन जोखेकोमा कति हरायो र कति बाँकी छ भन्ने कुराको जानकारी सदनमा गराउन माग गरेका हुन् । 

‘पशुपतिनाथ मन्दिरमा परिसरको गर्भ गृहको जलहरीको बारेमा देशका प्रमुख मिडियामा प्रश्न उठेको छ भएको के हो त्या ? पशुपतिनाथ क्षेत्र विकास कोष, प्रहरी सुरक्षा निकाय, सुन चाँदी व्यवसायी संघ लगायत सम्बन्धित निकायले सुनको खोजी गरी जोख्दै हुनुन्छ सुनेका छौँ ।’ उनले भने, ‘ट्रकमा ल्याउने सामान हो र जोख्न?कति सुन हराएको हो ?कति बाँकी छ ? यो कुरा सत्यतथ्य जानकारी सम्बन्धित निकायलाई गराउन अनुरोध गर्छु ।’

Skip This
Skip This
Logo