सेनाको संख्यालाई निरपेक्ष रुपमा हेर्न नहुने मन्त्री खड्काको तर्क

सेनाको संख्यालाई निरपेक्ष रुपमा हेर्न नहुने मन्त्री खड्काको तर्क

केन्द्रबिन्दु
0
Shares

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सेनाको संख्यालाई निरपेक्ष रुपमा हेर्न नहुने बताएका छन् ।

सोमबार संसदमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री खड्काले सुरक्षा परिषद्को सिफारिसमा सरकारले सेनाको संख्याबारे निर्णय गर्ने कानुनी व्यवस्था रहेको भन्दै अनावश्यक वहसको विषय नबनाउन आग्रह गरे ।

‘संविधान तथा कानुनले सुम्पिएको जिम्मेवारी, सरकारद्वारा समय–समयमा तोकिएका अन्य जिम्मेवारी, अन्तर्राष्ट्रिय रुपमा शान्ति स्थापना कार्यमा सक्रिय रहँदा गर्नुपर्ने कार्य, मुलुकको भौगालिक अवस्था, अन्तर्राष्ट्रिय परिवेशका आधारमा नेपाली सेनाको संख्या निर्धारण हुने भएकाले हामीले निरपेक्ष रुपमा हेर्नुहुन्न ।’

मन्त्री खड्काले नेपाली सेनाले विपद व्यवस्थापनको काममा निकै नै महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । नेपाली सेनाको क्षमता अभिवृद्धि गर्ने कार्यको लागि सरकारको प्रतिवद्ध रहेको उनको भनाई छ । 

आगामी आर्थिक वर्र्षको बजेटमा १ करोड ५० लाख नेपाली सेनाको अप्रेसन तथा पेशागत क्ष्मता अभिवृद्धि गर्न, आवश्यक उपकरण सुचना प्रविधी सफ्टवेयर सम्बन्धी समाग्री खरिद गर्न २६ करोड ९२ लाख स्वदेश तथा विदेशको तालिम संञ्चालन गर्न ३१ करोड विनीयोजन गरिएको मन्त्री खड्काले जानकारी दिए । 

Skip This
Skip This
Logo