वैदेशिक रोगजारीमा रहेका नेपालीको सिप र पुजीँ उपयोग गरिने छः मन्त्री भण्डारी

वैदेशिक रोगजारीमा रहेका नेपालीको सिप र पुजीँ उपयोग गरिने छः मन्त्री भण्डारी

केन्द्रबिन्दु
0
Shares

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले, शिक्षा क्षेत्र छोडेर श्रम बजारमा जाने विद्यार्थीलाई सिपमुलक तालिमको व्यवस्था गरिने बताएका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा आफ्नो मन्त्रालयको बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै उनले, शिक्षा क्षेत्र छोडेर स्वदेशी तथा विदेशी श्रम बजारमा जाने जनशक्तीलाई सिपमूलक तालिमको व्यवस्था गरिने बताएका हुन्।

‘आगामी आर्थिक वर्षमा २ सय २० स्थानीय तहमा करिब १५ हजार जनालाई कार्यस्थलमा आधारित सीप विकास तथा जिवनोपयोगी तालिम दिइने छ।’ उनले भने ‘आन्तरिक रोगजारीतर्फ प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचिकृत कामदारहरुलाई श्रम बजारको माग अनुरुपको शिपमूलक तालिम प्रदान गरि सीपयुक्त र दक्ष बनाउन प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको ढाँचा परिर्वतन गरी कार्यक्रम संचालन गर्ने तयारी गरिएको छ।’

त्यस्तै उनले वैदेशिक रोजगारीमा रहेका नेपालीको सिप र पुजीँलाई उद्यमशीलतामा परिणत गरिने सुनाए।‘नेपाली नागरिकले वैदेशिक रोगजारीका क्रममा आर्जन गरेको सिप ज्ञान प्रविधि र पुजीँको उपयोग गर्दै उद्यमशीलता प्रर्वद्धन मार्फत उत्पादनशील रोगजारी र स्वरोजगार सिर्जना गर्नको लागि पुन एकिकरण निर्देशिका जारी भई कार्यान्वयनमा रहेको छ।’ उनले भने। 

Skip This
Skip This
Logo