कांग्रेस बलियो भए लोकतन्त्रको संस्थागत विकास हुन्छः सहमहामन्त्री पाण्डे

कांग्रेस बलियो भए लोकतन्त्रको संस्थागत विकास हुन्छः सहमहामन्त्री पाण्डे

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले लोकतन्त्रको संस्थागत विकासका लागि कांग्रेस बलियो हुनुपर्ने बताएका छन्। बैतडी सदरमुकाममा कार्यकतासँगको  अन्तर्क्रियात्मक कार्यक्रममा उनले कांग्रेसलाई बलियो बनाए मात्रै लोकतन्त्रको संस्थागत विकास हुने दाबी गरेका हुन्। 

उनले भने,“जनताको पक्षमा काम गर्न सक्ने पार्टी कांग्रेस नै हो। त्यसैले लोकतन्त्रको संस्थागत विकास र देश विकासका लागि कांग्रेस बलियो हुनुपर्छ।” कांग्रेस पार्टीभित्र देखिएका कमजोरी र समस्या हटाई तल्लो तहदेखि नै बलियो कांग्रेस बनाउनुपर्नेमा जोड दिए।  उनले भने, “पार्टीभित्र रहेका समस्या, कमी कमजोरी हटाएर सबैले कांग्रेस बलियो बनाउन लाग्नुपर्छ।”

अन्तर्क्रियामा नेपाली कांग्रेस बैतडीका उपसभापति खगेन्द्रसिंह धामी, पूर्वजिल्ला सभापति नरेन्द्रसिंह थापा, जिल्ला कोषाध्यक्ष चक्रबहादुर चन्द, जिल्ला सहसचिव दीपेन्द्रबहादुर चन्दलगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो। 

Skip This
Skip This
Logo