जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैनन्ः कांग्रेस सचेतक लेखक

जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैनन्ः कांग्रेस सचेतक लेखक

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको प्रमुख सचेतक रमेश लेखकले आयोगका जिल्ला स्तरीय कार्यालय खारेज नगर्ने निर्णय भइसकेको भन्दै अनावश्यक रुपमा नतन्काउन आग्रह गरेका छन्। 

जिल्ला निर्वाचन कार्यालय खारेजीको निर्णयविरुद्ध एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले मंगलबार प्रतिनिधि सभाको बैठक अवरोध गरेपछि उनले जिल्ला निर्वाचन कार्यालयलाई कुनै अर्को कार्यालयमा नगाभिने सहमति भइसकेको बताएका हुन्। 

‘अर्थ मन्त्रीज्यूले जवाफ दिने क्रममा निर्वाचन आयोगको निस्पक्षता, स्वतन्त्रता, विश्वासनियतालाई कायम राख्ने र निर्वाचनलाई स्वतन्त्र निस्पक्ष रुपले सम्पादन गर्नको लागि स्वतन्त्र कार्यालयहरु नै जिल्लामा रहने गरेर अगाडि बढिने छ ।’ उनले भने ‘निर्वाचन आयोगका जिल्ला स्तरीय कायालार्यहरुलाई कुनै अर्को कार्यालयमागाभिने छैन भनेर आजपनि नेपाल सरकारको तर्फबाट माननीय अर्थमन्त्रीज्यूले प्रतिवद्धता व्यक्त गर्नु हुनेछ। यो सरकारको प्रतिवद्धता हो।’

निर्वाचन आयोगले केही समयअघि राखेको सर्वदलीय बैठकमै जिल्ला निर्वाचन कार्यालयहरू खारेज नगर्ने सहमति बनिसकेको उनले बताए। सरकारले जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालयमा गाभ्ने प्रस्ताव गरेपछि नेकपा एमाले,रास्वपालगायत विभिन्न दलहरूले विरोध गरिरहेका छन्।

Logo