शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले विद्यार्थी विदेश पलायन हुने विषय राष्ट्रको गम्भिर विषय भएको स्वीकार गरेका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री राईले भने, ‘शिक्षा क्षेत्रमा देखिएको गम्भिर चुनौती चाँही विद्यार्थीहरु विदेश पलायन हुने हो । यो कुनै एउटै कारणबाट भएको छैन । यसमा धेरै कारणहरु जिम्मेवार छन्।’
अधिक राजनीतिकरणले शिक्षा क्षेत्र अस्तव्यस्त भएको मन्त्री राईको टिप्पणी छ । ‘शिक्षा क्षेत्रमा देखिएको अस्तव्यस्तता, अधिक राजनीतिकरण हो । म पढछु मात्र म राजनीतिगर्दीन भन्ने विद्याथीहरु भातृ संगठनको चपेटामा परेर पलायनहुने अवस्था छ ।’ उनले भने ।
त्यस्तै मन्त्री राईले मधेश प्रदेशको शिक्षा क्षेत्रमाकम बजेट छुट्याएको भन्ने आफूलाई नलागेको बताएका छन् । ‘मधेश प्रदेशकाे शिक्षामा बजेट कम भयो भन्ने मलाई लाग्दैन तर आवश्यक परेजति सबै ठाउँमा पठाउन सकिएको छैन । त्यो सत्य हो । ’
उनले देशभरको शिक्षा क्षेत्र सुधारका लागि आवश्यक पहल भइरहेको दाबी गरे । ‘गुणस्तरिय शिक्षाको लागि आवश्यक कार्यहरु भइरहेको छ । त्यसमध्ये सबैभन्दा धेरै लगानी हुने एउटा योजना चलिरहेको छ । विद्यालय शिक्षा क्षेत्र योजना । यसमा हामीले विद्यालयको गुणस्तर बनाउने काम गरेका छौं ।’





























प्रतिक्रिया