काठमाडौं । तत्कालीन समाजवादी पार्टीकी सांसद सरिता गिरीले पार्टी र सरकार विरुद्ध मुद्दा दर्ता गराएकी छन् । आइतबार आफूलाई सांसद र पार्टीबाट निष्काशन गर्ने निर्णय अवैधानिक भएको भन्दै सांसद गिरिले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएकी हुन् ।
केही समय पहिले सांसद गिरीलाई पार्टीको ह्वपी उल्लघन गरेको भन्दै पार्टीले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरेको थियो । सांसद गिरीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूभाग हो भनेर स्वीकार गर्न नसक्ने अभिव्यक्ति दिएकी थिइन । साथै उनले संविधान संशोधन मार्फत नयाँ नक्सालाई नेपालको संवैधानिक अगं बनाउनका लागि गरिएको मतदान समेत बहिस्कार गरेकी थिइन ।





























प्रतिक्रिया