वित्तीय संघीयताप्रति सरकार प्रतिवद्ध छः अर्थमन्त्री

वित्तीय संघीयताप्रति सरकार प्रतिवद्ध छः अर्थमन्त्री

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री प्रकाशशरण महतले सरकार वित्तीय संघीयताप्रति प्रतिवद्ध रहेको बताएका छन् । 

मंगलबार प्रतिनिधि सभामा मन्त्रालयगतरुपमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले आगामी दिनमा स्थानीय तह र प्रदेशलाई थप स्रोत सम्पन्न गर्ने कुरामा सरकार गम्भिर भएर लाग्ने बताए । 

‘वित्तीय संघियताप्रति हामी प्रतिवद्ध छौं । स्थानीय र प्रदेशलाई बजेट विनीयोजन गर्ने कर आयोगले निर्धारण गर्छ । आउने दिनमा अझै स्थानीयनिकाय र प्रदेशलाई स्रोत सम्पन्न गर्नेप्रति हामी गम्भिर छौं ।’ उनले भने, ‘भ्रष्टाचार नियन्त्रण हामी सबैको साझा प्रतिवद्धता हो । कुनै पनि खाले इमान्दारितामा कर्तव्य निष्ठतामा सम्झौता गर्ने कुरा हामी कसैले पनि सहनु हुन्न भन्ने मान्यतालाई सरकारले र अर्थ मन्त्रालयले गम्भिरतापूर्वक लिएको छ ।’

Logo