पासपोर्ट समस्याका कारण किरिया गर्न समेत नेपाली स्वदेश फर्किन नपाएको सांसद आचार्यको गुनासो

पासपोर्ट समस्याका कारण किरिया गर्न समेत नेपाली स्वदेश फर्किन नपाएको सांसद आचार्यको गुनासो

केन्द्रबिन्दु
0
Shares

सांसद भिम आचार्यले विदेशमा बस्ने नेपालीले बच्चाको पासपोर्ट नपाएको भन्दै त्यसतर्फ नेपाल सरकारको ध्यान जानुपर्ने बताएका छन्। आज बसेको प्रतिनिधि सभाको बैठकमा उनले युरोप र मध्य पूर्वमा बस्ने नेपालीहरुले पासपोर्ट समयमै नबन्दा किरिया गर्न समेत नेपाल आउन नपाएको गुनासो गरेको उनले बताएका हुन्।

उनले भने ‘सरल ढंगले विदेशमा बस्ने नेपालीहरुले बच्चाको पासपोर्ट पाईरहेका छैनन्। जनशक्तिको अभावले फर्म भर्न पाईरहेका छैनन्। जम्मा आधा घण्टा फर्म खुल्छ। महिनौ देखि प्रयत्न गर्दा पनि त्यो भर्न पाईरहका छैनन्। पासपोर्ट नपायर किरिया गर्न पनि आउन नसककेको गुनासो छ।’तत्काल समस्या समाधानका लागि पहल गर्न उनले सदन मार्फत सरकारको ध्यानाकर्षण गराए। 

Skip This
Skip This
Logo