एमाले नेता योगेश भट्टराईमाथि इलाममा आक्रमणको प्रयास

एमाले नेता योगेश भट्टराईमाथि इलाममा आक्रमणको प्रयास

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका सचिव योगेश भट्टराईमाथि इलाममा पहिचानवादी लिम्बुवान भोलेन्टियर्सका कार्यकर्ताले आक्रमणको प्रयास गरेका छन् । 

बिहीवार इलाम बजारमा प्रतिनिधि सभाका सांसदसमेत रहेका भट्टराईलाई कालो झन्डा देखाउँदै प्रदेशको नामकरणविरूद्ध आन्दोलनरत पहिचानवादीहरूले आक्रमणको प्रयास गरेका हुन् । तर, सशस्त्र प्रहरीले सो प्रयास विफल पारेको थियो । 

सांसद भट्टराई ७२ औँ मदन भण्डारी जन्मजयन्तीको अवसरमा आजको लोकतन्त्र, उपलब्धि र चुनौती विषयक अन्तरसंवादमा भाग लिन इलाम पुगेका थिए । 

Skip This
Skip This
Logo