नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाली राजनीतिमा विचारविहीनहरुको लहर चलेको टिप्पणी गरेका छन् ।
मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण तथा “जबजका आयाम तथा विशेषताहरू’’ विषयक विचार गोष्ठीमा अध्यक्ष ओलीले अहिले विचार सिद्धान्त केहि नभएको र समाजमा योगदानको मतलब नहुने मानिसहरु चर्चामा आउने लहर रहेको तर्क गरेका हुन् ।
‘राजनीतिक पार्टीहरु समाजलाई कसरी अघि बढाउने भन्ने विचार बोकेर अघि बढ्छन् । अहिले एउटा लहर चलेको छ । विचार नचाहिने, बिना विचारविचार लिएर हामी आयौँ भन्ने लहर चलेको छ । योगदान सम्झिनु जरुरी छैन, योगदान बिर्सिए हुन्छ, योगदानको के मतलव छ र ?’ उनले भने, ‘कसलाई फुर्सद छ योगदानका कुरा गर्ने ? कसलाई फुर्सद छ हाम्रा पूर्वजका योगदान सम्झिने, कसलाई फुर्सद छ आफ्ना आमाबाबुको योगदानको चर्चा गर्ने ? महिमा गाउने वा आमाबुबाप्रति कृतज्ञ हुने ? भन्ने खालका विचाहरु पनि आज सुनिन्छन् । तर हामी बिना इतिहास समाज यहाँ आएको छैन । धेरै उत्तारचढावबाट यो समाज यहाँसम्म आइपुगेको हो ।’





























प्रतिक्रिया