सभामुख देबराज घिमिरेले सभामुख भएपछि पार्टीबाट अलग बस्नुपर्छ भन्ने जनताको धारणासँग सहमति नजनाउने प्रष्ट पारेका छन् ।
शुक्रवार संसदीय अध्ययन तथा विकास संस्थापनले संसद दिवसको उपलक्ष्यमा आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले आफू नेकपा एमालेको बफादार नेता भएकाले पार्टीबाट अलग बस्नुपर्छ भन्ने जनताको धारणासँग सहमति नहुने बताएका हुन् ।
उनले भने,‘नेकपा एमालेको बफादार नेता हुँ । पार्टी प्रणालीमा हामी गएका छौं । सिद्धान्त नीतिको आधारमा जनतालाई यो गर्छु, सामाजिक सुरक्षामा,शिक्षामा त्यो गर्छु भनेर आएको हुँ । म चटक्कै कसरी पार्टीबाट अलग हुनसक्छु ? चटक्कै पार्टीबाट अलग हुनुपर्छ भन्ने धारणा तर्क छ भने तपाईंहरुको त्यो कुरासँग सहमत हुन सक्दिन ।’
जनताको प्रतिनिधि संसदमा भएका अभिव्यक्ति,निर्णय सहमतविमत सबै जनताको प्रतिनिधित्व भएकाले ईमान्दारितापूर्वक काम गर्नुपर्ने पनि सभामुख घिमिरेको भनाइ थियो ।































प्रतिक्रिया