प्रतिनिधिसभा बैठक बस्दै, आर्थिक विधेयकमाथि छलफल हुने

प्रतिनिधिसभा बैठक बस्दै, आर्थिक विधेयकमाथि छलफल हुने

केन्द्रबिन्दु
0
Shares

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने छ। आजको बैठकमा आर्थिक विधेयक, २०८० माथि छलफल तथा प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यस्तै, अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक विधेयक, २०८० पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यसैगरी आजको बैठकमा राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि दफावार छलफलका लागि प्रस्तुत गरिने छ। उक्त विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने छ भने अर्थमन्त्री महतले सो विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

Logo