सांसद अमरेशकुमार सिंहले गरीब जनतालाई पनि ऋण उपलब्ध गराइनुपर्ने बताएका छन् ।
आईतवार मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथिविचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा बोल्दै सांसद सिंहले किसान दलितलगायतलाई पनि ऋण उपलब्ध गराउन माग गरेका हुन् ।
उनले भने, ‘जति पनि बैंक छन्, ती बैंकहरू ठूला व्यापारीहरूका लागि मात्रै छन्। नेताज्यूको घरघरमा ठूला व्यापारी आउँछन् । गरीब किसान, दलित, चेपाङ कहाँ त आउँदैनन् । जगदम्बा ग्रुपले कति ऋण लिएको छ, चौधरी ग्रुपले कति ऋण लिएको छ, ज्योति ग्रुपले कति ऋण लिएको छ? ठूलाले अर्बौंमा ऋण लिने, त्यो गाउँको गरीबलाई एक लाख ऋण दिन्छ ? बिनाधितो ऋण दिन्छ ? दिँदैन नि!’
व्यापारीहरूले अर्बौंको ऋण पाएपनि गरिबले एक लाख पनि नपाएकै कारण उनीहरू मिटरब्याजमा ऋण लिन बाध्य हुने गरेको सांसद सिंहको भनाइ थियो । यसका लागि बैंकले गाउँ–गाउँमा ऋण दिने व्यवस्था गराउनुपर्ने उनले बताए ।































प्रतिक्रिया