खेल क्षेत्रलाई प्रोत्साहन गर्न आवश्यक पहल गरिरहेको छुः प्रधानमन्त्री प्रचण्ड

खेल क्षेत्रलाई प्रोत्साहन गर्न आवश्यक पहल गरिरहेको छुः प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेल क्षेत्रको प्रोत्साहनका लागि आवश्यक पहल गरिरहेको बताएका छन् । 

आईतवार स्वर्गीय प्रकाश दाहालको स्मृतीमा  आयोजित तेस्रो राष्ट्रिय महिला बक्सिङ प्रतियोगितालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले खेलले अन्तर्राष्ट्रिय भाईचारा वृद्धिमा गुणात्मक भूमिका निर्वाह गर्ने भन्दै प्रोत्साहनको लागि आवश्यक पहल गरिरहेको बताएका हुन् । उनले भने,‘सबै खेल क्षेत्रलाई प्रोत्साहन गर्न जोड गरिरहेको छु । अन्तर्राष्ट्रिय भाईचारा वृद्धिमा खेलले गुणात्मक भूमिका निर्वाह गर्छ । तपाईहरु आवश्यक पहल गर्नु राज्य र सरकार तपाईहरुको साथमा छ ।’

प्रधानमन्त्री प्रचण्डले खेलकुद र कलाको क्षेत्र मार्फत आर्थिक सामाजिक रुपान्तरणलाई दिगो बनाउनले उद्देश्यका साथ आफ्नो ठाउँबाट पहल लिएको बताए । 

Logo