अर्थमन्त्री प्रकाशशरण महतले किसानको मेहनेत विचौलीयाको हातमा जान नदिने प्रतिवद्धता जनाएका छन् ।
आईतबार प्रतिनीधि सभामा आर्थिक विधयक २०८० माथि सांसदले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले किसानको मेहनेतको प्रतिफल दिलाउन राज्य संयन्त्र क्रियशिल भएको दाबी गरेका हुन् । उनले भने ‘यहाँ उत्पादनकर्ता साना किसानहरु, गरीबहरु र उनिहरुको उत्पादनले बजार पाउनुपर्छ । यहाँ नै उठे गोलभेडा किसानले मुल्य पाएनन्, विचौलीयाहरुको ठुलो चलखेल भो भनेर त्यसैलाई तोड्नको लागि राज्य संयन्त्रण क्रियशिल छ ।’































प्रतिक्रिया