सांसद प्रेम सुवालले बजेट निर्माणमा प्रधानमन्त्री र मन्त्रीहरुको मनोमानी देखिएको दोहो-याएका छन् ।
आईतबार आर्थिक विधेयक २०८० माथिको छलफलमा संसोधन प्रस्ताव पेश गर्दै सांसद सुवालले राणाकालमा जस्तै अहिले पनि प्रधानमन्त्री र मन्त्रीहरुको मनोमानी देखिएको दाबी गरे । उनले भने ‘अर्थमन्त्री ज्युले राणा शासणमा बजेट प्रणली नभएको र राणाहरुको पकेटको खर्च जसरि बजेट परिचालन हुने अन्धकार युग बताउनु भयो । अहिले पनि प्रधानमन्त्री र मन्त्रीहरुको मन परि बजेट बनेको हैन र ?’
त्यस्तै सांसद सुवालले सत्तापक्षले अवैधानिकरुपमा बजेट राखेको भन्दै आपत्ति जनाए । उनले भने, ‘सत्तापक्षको गठबन्धन दलहरु नेताहरुकै चित्त बुझाउनको लागि अर्थ विविध भनेर पौने १ खर्व राखेको रैछ अब क कस्को बीचमा भागबण्डा हुने । बिना शीर्षक यसरी पैसा राख्न मिल्छ ? यो एक किसिमको अनियमितता हो ।’
सरकारले अनियमितताको चाङलाई वेवास्ता गरेको उनले टिप्पणी गरे । उनले भने ‘एनसिएलसँग पुँजीगत लाभकर लगाउनु हुँदैन भनेर हिडेका राजस्व प्रशासक र तत्कालिन महालेखा परीक्षक समेत एनसेललाई पुँजीगत लाभकर उठाउनु पर्ने भनि नलेख्न दवाव दिने तत्कालिन अर्थमन्त्रीहरुलाई किन कारवाही भएन् ?’





























प्रतिक्रिया